सरकार र आन्दोलनमा होमिएका महावीर पुनबीच सिंहदरबारमा वार्ता
काठमाडौँ । विभिन्न माग राख्दै आन्दोलनमा होमिएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच वार्ता सुरु भएको छ । पुनको माग सम्बोधनको प्रयासस्वरुप सिंहदरबारस्थित रक्षा मन्त्रालयमा केहीबेर अघिदेखि वार्ता सुरु भएको हो ।
वार्तामा सरकारको तर्फबाट उपप्रधान एवम् रक्षा र कानुनमन्त्री पूर्णबहादुर खड्का र मुख्यसचिव शंकरदास बैरागी रहेका छन् । यस्तै पुनको तर्फबाट पुनसहित उनी निकट अरु दुई जना रहेको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।
पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट शुक्रबारदेखि आन्दोलन थालेका थिए । माइतीघरमा धर्ना दिँदै आएका पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनुपर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्ने माग राखेका छन् ।
२०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाएको पुनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण