सैन्य कारबाहीमा फिलिपिन्समा ७ विद्रोहीको मृत्यु
आइतबार, १७ वैशाख २०८०, २० : ४३
मनिला । फिलिपिन्सको सेनाले मध्य फिलिपिन्समा आइतबार गरेको आक्रमणमा सात संदिग्ध वामपन्थी विद्रोहीलाई मारेको छ ।
सेनाका क्याप्टेन जेफरसन मारियानोले बताएअनुसार गाउँलेहरूले त्यहाँ विद्रोहीहरूको आएको खबर दिएपछि सेनाले उत्तरी समर प्रान्तमा न्यु पिपुल्स आर्मी (एनपीए) लुकेको ठाउँमा आक्रमण गरेको थियो।
उनीहरूबाट सेनाले गोला बारुद बरामद गरेको छ।
एनपीए विद्रोहीहरू सन् १९६९ देखि सरकारविरुद्ध लड्दै आएका छन्। तिनीहरूले ग्रामीण क्षेत्रहरूमा आफ्नो आक्रमण केन्द्रित गरेका छन्।
सैन्य तथ्याङ्क अनुसार एनपीएमा करिब २,००० सदस्यहरू छन् ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण