नेपालको स्वास्थ्य प्रणालीमा सुधारका लागि विश्व बैंकबाट १० करोड अमेरिकी डलर सहयोग
काठमाडौं । विश्व बैंकले गुणस्तरीय स्वास्थ्य प्रणालीका लागि नेपाललाई १० करोड अमेरिकी डलर सहयोग गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले आज नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग स्वीकृत गरेको हो ।
स्वास्थ्य सेवाको गुणस्तर सुधार ल्याउन, स्वास्थ्य बीमाको कभरेज बढाउन र कोशी र गण्डकी प्रदेशमा स्वास्थ्य आपतकालको तयारी र प्रतिकार्य गर्न स्वास्थ्य सेवा प्रणालीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सो रकम सहयोग गरिएको विश्व बैंकले जनाएको छ ।
विश्व बैंकबाट प्राप्त हुने सो रकमले नेपालको स्वास्थ्य क्षेत्र रणनीतिक योजना, २०२२ को रणनीतिक उद्देश्यहरू हासिल गर्न सघाउने, स्थानीय सरकारको समन्वयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।
माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोस भन्छन्, ‘स्वास्थ्यमा प्राथमिकता र लगानी गरेर नेपालले सुधारिएको स्वास्थ्य परिणाम, उत्पादकत्व वृद्धि र आर्थिक वृद्धि लगायतका धेरै फाइदा लिन सक्छ । विश्व बैंकले स्वास्थ्य प्रणाली नीति र योजना, सेवा प्रवाहको मुख्य आधारमा गुणस्तर राख्ने नेपालको लक्ष्यलाई समर्थन गर्ने उनको भनाइ छ ।
यस कार्यक्रमले संघीयताको कार्यान्वयनलाई समर्थन गर्नुका साथै लचिलो जनस्वास्थ्य क्षेत्र निर्माण गर्न स्वास्थ्य क्षेत्रमा नेपालको पहिलो परिणाममुखी कार्यक्रम निर्माण गर्ने स्वास्थ्य, पोषणका अभ्यास प्रवन्धक डा फेङ झाओले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण