शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासंघले गठन गर्‍यो उच्चस्तरीय विज्ञ समूह

मङ्गलबार, १९ वैशाख २०८०, २१ : ३६
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले उच्चस्तरीय विज्ञ समूह गठन गरिएको छ । अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझाव दिने उद्देश्यले महासंघले मंगलबार विज्ञ समूह गठन गरेको हो । 

महासंघले विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्वहरु संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरिएको जनाएको छ । उक्त समूहमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेल, नेपाल सरकारका पूर्वसचिव पुरुषोत्तम ओझा र शिशिर ढुंगाना, अर्थविदहरु केशव आचार्य, डा. कल्पना खनाल र डा. गणेश गुरुङ रहेका छन् ।

यस्तै मंगलबार महासंघको सचिवालयमा बसेको विज्ञ समूहको पहिलो बैठक बसेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघका सल्लाह सुझावलाई प्रभावकारी रुपमा सरकारमा पेश गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पहिलो बैठकले वर्तमान आर्थिक अवस्थाबाट अर्थतन्त्र सुधार गर्न केन्द्रीय बैंक र सरकारले निजी क्षेत्रको विश्वास बढाउनुपर्नेमा जोड दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप