शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सर्बिया : १४ वर्षीय विद्यार्थीले स्कुलमा गोली चलाउँदा ९ जनाको मृत्यु

बुधबार, २० वैशाख २०८०, १६ : ३३
बुधबार, २० वैशाख २०८०

सर्बियाको राजधानी बेल्ग्रेडस्थित विद्यालयमा गोली चल्दा ८ विद्यार्थीसहित एक सुरक्षा गार्डको मृत्यु भएको छ । बुधवार स्थानीय समयानुसार बिहान ८ बजे गोली चलेको हो । 

अन्य ६ जना र एक शिक्षक घाइते भएका छन्  । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।  मध्य बेलग्रेडस्थित भ्लादिस्लाभ रिब्निकार विद्यालयबाट १४ वर्षका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रत्यक्षदर्शीका अनुसार हमलाकर्ता इतिहासको कक्षा चलिरहेका बेला कक्षाकोठामा आए र  शिक्षकमाथि गोली चलाए । त्यसपछि उनले आफ्नो हतियार साथीहरू माझ तेर्साए र अन्धाधुन्ध चलाउन थाले । 

उनले विद्यालय प्रवेशमा रोक लगाउने सुरक्षा गार्डलाई पनि गोली हानेका छन् ।  गोली चलाउने विद्यार्थी केही दिन अघि मात्रै विद्यालयमा भर्ना भएको बताइएको छ ।

serbia1

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप