सर्बिया : १४ वर्षीय विद्यार्थीले स्कुलमा गोली चलाउँदा ९ जनाको मृत्यु
बुधबार, २० वैशाख २०८०, १६ : ३३
सर्बियाको राजधानी बेल्ग्रेडस्थित विद्यालयमा गोली चल्दा ८ विद्यार्थीसहित एक सुरक्षा गार्डको मृत्यु भएको छ । बुधवार स्थानीय समयानुसार बिहान ८ बजे गोली चलेको हो ।
अन्य ६ जना र एक शिक्षक घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । मध्य बेलग्रेडस्थित भ्लादिस्लाभ रिब्निकार विद्यालयबाट १४ वर्षका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रत्यक्षदर्शीका अनुसार हमलाकर्ता इतिहासको कक्षा चलिरहेका बेला कक्षाकोठामा आए र शिक्षकमाथि गोली चलाए । त्यसपछि उनले आफ्नो हतियार साथीहरू माझ तेर्साए र अन्धाधुन्ध चलाउन थाले ।
उनले विद्यालय प्रवेशमा रोक लगाउने सुरक्षा गार्डलाई पनि गोली हानेका छन् । गोली चलाउने विद्यार्थी केही दिन अघि मात्रै विद्यालयमा भर्ना भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण