मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो फिल्म ‘हुक्का’

बिहीबार, २१ वैशाख २०८०, १२ : ४३
बिहीबार, २१ वैशाख २०८०

काठमाडौँ । फिल्म ‘हुक्का : एन एब्सर्ड ड्रिम’ आगामी जेठ १२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । रिलिजको मिति नजिकिदै गर्दा निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरले फिल्मको विषयवस्तु झल्काएको छ । 

स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ । फिल्ममा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङलगायतका कलाकारको अभिनय छ ।

फिल्ममा प्रयत्न श्रेष्ठको शब्द र सङ्गीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान् पौडेलको पटकथा र संवाद ,दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ ।

रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् । फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप