दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्छु: खेलकुदमन्त्री लिम्बु
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलाडी र पदाधिकारीहरूले खेल क्षेत्रमा महसुस गरेका अभावलाई समाधान गर्ने गरी काम गर्ने बताएका छन् ।
बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताए ।
लिम्बुले हरेक कुरालाई सकारात्मक ढंगबाट लिन पनि आग्रह गरे । उनले मन्त्रालयमा रहेर आफूले दिनको १८ घण्टा काम गर्ने प्रतिबद्धता समेत जनाए ।
लिम्बुले भने, ‘समग्र खेल जीवन र यसको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा अहिलेसम्म अभाव छ, खेलाडी साथीहरूले, पदाधिकारीले जे अभाव महसुस गर्नुभएको छ, त्यसलाई मध्यनजर गरेर काम गर्ने प्रयास गर्नेछु । सकेसम्म देखिने र धेरै मानिसको चित्त बुझ्नेगरी काम गर्नेछु । केही समय अध्ययन गर्न समय लाग्छ, काममा विश्वास गर्ने मानिस हो म । हरेक कुरालाई सकारात्मक ढंगबाट लिनुपर्छ, नेपालीले गर्न सक्छन् भन्नेकुरा खेलाडी साथीहरूले देखाइरहनुभएको छ । म १८ घण्टाको समय दिएर काम गर्नेछु ।’
खेलकुद मन्त्री लिम्बूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपपनयताको शपथग्रहण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण