बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

सुनिलको को होला त्यो ३ सार्वजनिक, यस्तो छ सिक्किममा खिचिएको भिडियो

बिहीबार, २४ फागुन २०७४, ०८ : १९
बिहीबार, २४ फागुन २०७४

काठमाडौं - गायक सुनिल गिरीले को होला त्यो ३ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । 

को होला त्यो मसँग आँखा जुधाउने, नचिनेनि मसँग अलि लजाउने.. बोलको गीत र को होला त्यो २ (तिमि आउँछौं कि भनी मत कुरीरहेको लाकुरी फेदमुनि, झमक्कै साँझ पर्यो तिम्रै बाटो हेरेर नआको किन होनि ?) को सफलतापछि उनले त्यसलाई निरन्तरता दिँदै को होला त्यो ३ सार्वजनिक गरेका हुन् । (भिडियो हेर्न गीतको बोलमा क्लिक गर्नुहोस्)

पहिलो गीतको भिडियोदेखि तेस्रो गीतसम्म मोडल पल शाहले अभिनयमा निरन्तरता दिएका छन् । पलसँग पहिलो गीतमा प्रकृति श्रेष्ठ, दोस्रो गीतमा करुणा श्रेष्ठको अभिनय रहेको छ । को होला त्यो ३ को भिडियोमा भने पल र क्रिष्टिना थापाको मूख्य अभिनय छ । 

'टोलाँउदै होला कोही बोलाउदै होला कोही डाँडा पारीको गाँवैमा, आउँछ भनेर कति सपना साँच्दै होली मेरो नाँवैमा..' बोलको गीत सुनिलले सार्वजनिक गरेका हुन् । 

गीतमा गायक सुनिलकै शब्द, संगीत र आवाज रहेको छ भने उनलाई टिका गुरुङ र बेनुका राइले गायनमा साथ दिएका छन् । गीत 'यो मन' एल्बममा समावेश छ ।

सिक्किममा विभिन्न मनमोहक स्थानमा खिचिएको भिडियोबाट निकै राम्रो प्रतिक्रिया आइरहेको गायक सुनिलले बताए ।

अनिल के मानन्धरको निर्देशन र छायाँकनमा भिडियो तयार भएको हो ।

भिडियो हेर्नुहोस्ः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप