बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र निष्काशन गर्न प्रभु क्यापिटललाई जिम्मा

बिहीबार, २१ वैशाख २०८०, १९ : १६
बिहीबार, २१ वैशाख २०८०

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ऋणपत्र निष्काशन गर्न प्रभु क्यापिटललाई जिम्मा दिइएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु.१०००  अंकित दरका १० बर्ष अवधिको ४० लाख ४० हजार कित्ता बराबरको रु.४ अर्ब ४ करोडको ऋणपत्र निष्काशन गर्दैछ । ऋणपत्रको बार्षिक १० प्रतिशत ब्याजदर रहेको छ । 

प्रभु क्यापिटललाई ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झौतामा नबैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा प्रभुका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप