इङ्लिस प्रिमियर लिग : ब्राइटनसँग युनाइटेड स्तब्ध:
काठमाडौं । जारी सिजनको इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले आठौं हार ब्यहोरेको छ । प्रिमियर लिगको पछिल्लो खेलमा बिहीबार राति म्यानचेस्टर युनाइटेडलाई ब्राइटनले १-० गोलले पराजित गर्यो ।
यी दुई टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक थियो । त्यसैले पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा पनि गोलका लागि दर्शकले अन्तिम समयसम्म प्रतिक्षा गर्नु पर्यो । दोस्रो हाफको अन्तिम समयमा घरेलु टोली ब्राइटनले गोल गर्यो ।
ब्राइटनका लागि एलेक्सिस म्याक एलिस्टरले निर्णायक गोल गरेका हुन् । उनले खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत निर्णायक गोल गरे । म्यानचेस्टर युनाइटेड ३३ खेलबाट ६३ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ ।
ब्राइटन भने ३२ खेलबाट ५५ अंक बटुल्दै तालिकाको छैटौं स्थानमा आसिन छ । प्रिमियर लिग तालिकाको पहिलो स्थानमा भने म्यानचेस्टर सिटी रहेको छ । म्यान सिटीले ३३ खेलबाट ७९ अंक जोडेको छ । दोस्रो स्थानमा आसिन आर्सनलको ३४ खेलबाट ७८ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण