बाबरको कीर्तिमान, एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा पाकिस्तान
कराँची । न्युजिल्याण्डलाई चौथो एकदिवसीय खेलमा १ सय २ रनको विशाल अन्तरले हराउँदै पाकिस्तान एकदिवसीय क्रिकेटको वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । जीतसँगै पाकिस्तानले पाँच खेलको शृङ्खलामा ४–० को अग्रता बनाएको छ । आईसीसीको वरीयतामा पाकिस्तानको ११३ अङ्क रहेको छ । टोलीले अस्ट्रेलिया र भारतलाई झिनो अन्तरले उछिन्न सफल भएको हो ।
उता, खेलमा शतक बनाएका कप्तान बाबर आजम एक दिवसीय क्रिकेटमा सबैभन्दा चाँडो ५ हजार रन बनाउने खेलाडी बनेका छन् । २८ वर्षीय खेलाडीले दक्षिण अफ्रिकाका हासिम आमलाको रेकर्ड तोडेका हुन् । आमलाले १०४ खेलको १०१ इनिङ्समा यो उपलब्धि हासिल गरेकोमा आजमले ९९ खेलको ९७ इनिङ्समा ५ हजार रन पुरा गरे ।
पछिल्ला दुई वर्षदेखि एकदिवसीय क्रिकेटमा आईसीसीको वरीयतामा शीर्ष स्थानमा रहेका आजमले आमलाकै सबैभन्दा चाँडो १८ वटा शतक बनाउने रेकर्ड पनि तोडेका छन् । उनले एकदिवसीय क्रिकेटमा ५ हजारभन्दा बढी रन बनाउने १४ औँ पाकिस्तानी खेलाडी हुन् । सबैभन्दा बढी रन बनाउने सूचीमा पूर्व कप्तान इन्जमाम उल हक रहेका छन् । उनले ११ हजार ७०१ रन बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण