राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दै छ । राष्ट्रियसभाको चौथो अधिवेशनको बैठक आज अपराह्न ४ बजे सङ्घीय संसद् भवन बानेश्वरमा बस्नेछ ।
सङ्घीय संसद् भवन, बानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन सबन्धि पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउने छन् भने अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्ति र कार्यभार सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।
यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०२८ पेस गर्ने कार्यक्रम रहेको छ ।
साथै, अर्थमन्त्री डा प्रकाशशरण महतले आव २०८०-८१ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण