रिलिजको तीन दिनमा ‘ज्याकीः आई एम ट्वान्टी वान’ को क्लाइमेक्स परिवर्तन
आइतबार, २४ वैशाख २०८०, १३ : ०३
काठमाडौँ । गत बिहीबारदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ ले ३ दिनमा औसत व्यापार गरेको छ ।
फिल्म हेर्ने कतिपय दर्शकले फिल्मको क्लाइमेक्स प्रति असन्तुष्टि जनाएका थिए । त्यसैले निर्माण पक्षले अहिले फिल्मको क्लाइमेक्स परिवर्तन गरेको छ ।
दर्शकको मागलाई ध्यानमा राखेर क्लाइमेक्समा परिवर्तन गरेको निर्देशक रेनशा वान्तवा राईले बताएकी छन् । क्लाइमेक्स परिवर्तन गरेर फिल्म हलमा लागेपछि दर्शकले धन्यवाद दिएको रेनशाको भनाइ छ । फिल्मको क्लाइमेक्स दर्शकको प्रतिक्रिया अनुसार भनाइएको उनको भनाई छ ।
नेपाली फिल्म क्षेत्रमै पहिलो पटक डान्स र पारिवारिक कथावस्तुमा मिसाएर यो फिल्म निर्माण भएको हो । फिल्ममा धिरज मगर र जसिता गुरुङको मुख्य भुमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण