शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अस्कल क्याम्पसमा अर्को लफडा, अनेरास्ववियु आन्दोलनमा

आइतबार, २४ वैशाख २०८०, १५ : २२
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । दिनहुँ जसो विभिन्न घटना भइरहने अमृत साइन्स क्याम्पस (अस्कल) फेरि अर्को लफडा सुरु भएको छ । अनेरास्ववियुले आन्दोलन नै थालेको छ । स्ववियु सहसचिव रमेश फुलारामाथि सांघातिक हमला गरिएको भन्दै अनेरास्ववियुले दोषीलाई पक्राउ गरेर कारबाही गर्न माग गरेको हो ।

त्यस्तै अनेरास्ववियुले आफ्ना साथीहरूमाथि आक्रमण गरेको भन्दै अखिल क्रान्तिकारीले समेत आरोप लगाएको छ । दुवै संगठनको आरोप प्रत्यारोपका कारण अस्कल अस्तव्यस्त बनेको छ ।

होस्टेलको विषयलाई लिएर दुई संगठनबीच दिनहुँ झडप भइरहेको छ । उनीहरूको झगडाका कारण विद्यार्थीहरूले शान्त वातावरणमा पढ्न समेत पाउन सकेका छैनन् ।

फुलारामाथि ज्यान मार्ने उद्देश्यले विनोद राणा, नरेन्द्र गडसिला लगायतले साङ्घातिक हमला गरेको अनेरास्ववियुको आरोप छ । उक्त घटनापछि प्रहरीले उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत पक्राउ पुर्जी जारी गरेको छ । तर, पक्राउ गर्न सकेको छैन ।

लामो समयसम्म पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै अनेरास्ववियुले आन्दोलन थालेको हो । दोषीलाई कारबाहीको माग गर्दै अनेरास्ववियु अस्कलले दबाब दिँदै सडकमा प्रदर्शन गरेको हाे ।

प्रहरीले अनेरास्ववियुका केहीलाई भने पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । तर, आफ्ना कार्यकर्तामाथि आक्रमण गर्ने अखिल क्रान्तिकारीकालाई राजनीतिक आडमा पक्राउ गर्न नमाने अनेरास्ववियुको आरोप छ ।

होस्टेल भित्र बस्ने वैधानिक र अवैधानिक विद्यार्थीहरूबीच कुरा नमिल्दा अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच झडप भएको थियो ।

वैशाख ३ गते भएको स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) का प्रेम जैशी सभापति विजय भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप