राष्ट्रिय योजना आयोगका सदस्य डा. बुढाथोकीले लिए शपथ
काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्य डा. प्रभु बुढाथोकीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसमक्ष बुढाथोकीले शपथ लिएका हुन् ।
बुढाथोकी दोस्रो पटक आयोगको सदस्य नियुक्त भएका हुन् । यसअघि डा. श्रेष्ठ उपाध्यक्ष रहेकै बेला बुढाथोकी आयोगको सदस्य थिए । सरकारले गत ८ वैशाखमा बुढाथोकीलाई सदस्य नियुक्त गरेपनि शपथ भने बाँकी रहेको थियो ।
बुढाथोकीले आइतबारै शपथपछि पदभार ग्रहण समेत गरेका छन् । आयोगको काम कारबाहीलाई सशक्त रूपमा अघि बढाउन अब उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा आफूले काम गर्ने उनले बताए ।
आयोगको सदस्यका रूपमा यसअघि नै डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, प्रा.डा. आरपी विच्छा र डा. रमेशचन्द्र पौडेलले जिम्मेवारी सम्हालिसकेका छन् ।
बुढाथोकी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा लामो अनुभव भएका व्यक्ति हुन् । रणनीतिक योजना तथा व्यवस्थापन तथा प्राकृतिक श्रोत व्यवस्थापनका विज्ञ बुढाथोकीले बेलायतको रिसोर्स गभर्नेसमा विद्यावारिधि गरेका छन् । त्रिभुवन विश्व विद्यालयबाट तथ्यांकशास्त्रमा स्नातक गरेका बुढाथोकीले भारत र बेलायतबाट छुट्टाछुट्टै विषयमा स्नातकोत्तर गरेका छन् ।
नेपालबाहेक बुढाथोकीसँग इरान, बेलायत, बंगलादेश जस्ता मुलुकहरूमा काम गरेको अनुभव छ । राष्ट्रिय योजना आयोगको सदस्य भइसकेका बुढाथोकीसँग त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनको अनुभव हुनुका साथसाथै युएनडिपी, युएसआईडी, युनेस्को जस्ता संस्थाहरुमा काम गरेको अनुभव समेत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण