नक्कली शरणार्थी प्रकरणका अभियुक्तको बयान फेर्न खोजिँदैछः शर्मा
काठमाडौँ । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले नक्कली शरणार्थी प्रकरणका अभियुक्तको बयान फेर्न दवाव दिने काम भइरहेको बनाएका छन् । आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले मुख्य व्यक्तिलाई उन्मुक्ति दिन अभियुक्तहरुको बयान फेर्ने प्रयास भइरहेको बताएका हुन् ।
आफ्नो निर्वाचन क्षेत्रसँग पनि शरणार्थीको विषय जोडिएकाले अभियुक्तहरुलाई भेट्न जाँदा उनीहरुको बयान फेर्ने प्रयास भइरहेको थाहा पाएको उनले खुलासा गरे । ‘मेरो क्षेत्रसँग केही सम्बन्धित केस भएकाले के रहेछ भनेर बुझ्नका लागि थुनामा राखिएका मान्छेलाई भेट्न गएको थिए,’ सांसद शर्माले भने, ‘उनीहरुलाई त्यहाँ राखेर बयान गर्ने बेलामा सरकारी वकिलका अगाडि बयान समेत परिवर्तन गर्नको निम्ति प्रेसर डालिराखिएको अवस्था छ ।’
सांसद शर्माले हिरासतमा बयान फेर्ने प्रयास भइरहेकाले अभियुक्तहरुलाई सदनमा ल्याएर मुख्य अभियुक्त को हुन् भनेर बोल्न लगाउनुपर्ने माग पनि गरेका छन् । ‘यो राष्ट्रिय स्क्यान्डल भइसकेको हुदा सम्भव हुन्छ भने सदनमा ल्याएर कमसेकम त्यसका दुईटा भरियाहरुलाई मुख्य नायकहरु को हुन भन्ने कुरा एक्स्पोज गर्ने लगाउँनुपर्छ,’ सांसद शर्माले भने ।
यो गम्भीर विषय भएकाले पार्टी भन्दा माथि उठेर दोषीलाई कारबाही गर्न इमान्दारपूर्वक सहयोग गर्नुपर्ने उनले बताए । पार्टी र व्यक्ति भन्दा पनि देश र जनता महत्वपूर्ण हुने भन्दै उनले जनताको आँखामा छारो हालेर झुक्याउँन नहुने तर्क गरे ।
यो विषयले नेताहरुलाई गिज्याइरहेको भन्दै सांसद शर्माले जनताको अगाडि शिर निहुराएर बस्नुभन्दा दोषीलाई कारबाहीको दायरमा ल्याएर शिर ठाडो पारेर हिड्न सक्नुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण