कीर्तिपुर नगरपालिका अन्तर वडा बास्केटबल : २ र ४ नम्बरलाई उपाधि

काठमाडौं । कीर्तिपुर नगरपालिका अन्तर वडा पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि सोमबार वडा नम्बर २ र वडा नम्बर ४ ले जितेका छन् । प्रतियोगिताको यो १० औं संस्करण हो । पुरुषतर्फ वडा नम्बर २ र महिलातर्फ वडा नम्बर ४ च्याम्पियन बनेका हुन् । कीर्तिपुर बास्केटबल एसोसिएसन र कीर्तिपुर नगरपालिकाको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिताको पुरुषतर्फको फाइनलमा वडा नम्बर २ ले वडा नम्बर ३ लाई ५१–४४ अंकले हरायो । विजयी टोलीका लागि प्रवीण गुरागाईं एक्लैले १६ अंकको योगदान गरे ।
कीर्तिपुरस्थित कभर्डहलमा भएको महिला तर्फको उपाधि भिडन्तमा वडा नम्बर ४ ले वडा नम्बर ६ लाई ५५–५० अंकले हरायो । वडा नम्बर ४ का लागि मुना महर्जनले ३५ अंकको योगदान गरिन् । पुरुष र महिला दुवैमा पहिलो हुनेले २० हजार रा दोश्रो हुने टोलीले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
पुरुषतर्फ वडा नम्बर २ का नरेश महर्जन र महिलातर्फ वडा नम्बर ४ की मुना महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवै खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताका विजेयी टोली र खेलाडीलाई कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीलगायतले पुरस्कार वितरण गरे । बैशाख ९ गतेदेखि सुरु भएको प्रतियोगिताको पुरुषतर्फ ११ र महिलातर्फ ६ टोली सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर