सांसद भट्टराईले भने–वर्तमान सरकारले अर्थतन्त्र उकास्न सक्दैन
मङ्गलबार, २६ वैशाख २०८०, १५ : ५४
काठमाडौँ । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्ता गठबन्धन फेरबदल नभई अर्थतन्त्र चलायमान बन्न नसक्ने टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारले प्रस्तुत गरेका बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्दै उनले वर्तमान गठबन्धन परिवर्तन नगर्ने हो भने देशको अर्थतन्त्र दुर्घटना हुने निश्चित रहेको बताए ।
वर्तमान सरकारलाई विदेशीह र नेपाली लगानीकर्ताले समेत विश्वास गर्न नसकिरहेको उनको दाबी छ । अहिलेकै जोडी बनाइरहने हो भने प्रधानमन्त्रीको फिल्म सुपर फ्ल्प हुने निश्चितप्रायः रहेको उनले बताए ।
सांसद भट्टराईले वर्तमान अर्थतन्त्र उकास्नका लागि सत्ता गठबन्धनमा फेरबदल आउनु अनिवार्य रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण