बढ्यो रेमिटेन्स आप्रवाह, ९ महिनामा ९ खर्ब ३ अर्ब भित्रियो
काठमाडौँ । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा विदेशबाट ९ खर्ब ३ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनअनुसार ९ महिनामा ९ खर्ब ३ अर्ब रेमिटेन्स भित्रिएको हो ।
यो अघिल्लो वर्षको यही अवधिको तुलनामा २४.२ प्रतिशतको वृद्धि हो । जबकी, अघिल्लो वर्षको यही अवधिमा रेमिटेन्स आप्रवाह ०.२ प्रतिशतले खुम्चिएको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले बढेको छ । यससँगै, समीक्षा अवधिमा विदेशबाट ६ अर्ब ९२ करोड डलर रेमिटेन्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा डलरमा रेमिटेन्स आप्रवाह १.८ प्रतिशतले खुम्चिएको थियो ।
समीक्षा अवधिमा श्रम स्वीकृति लिने वैदेशिक रोजगारीका लागि विदेश जानेहरूको सङ्ख्या बढेसँगै रेमिटेन्स आप्रवाह समेत बढेको हो । यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३,८७,८३९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २,१७,९५९ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो। यता खुद ट्रान्सफर २२.८ प्रतिशतले वृद्धि भई रु.९९६ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण