सरकारले दह्रोसँग खुट्टा टेक्यो भने फिल्म हाउस फुल हुन्छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भुटानी शरणार्थी प्रकरणमा कोही पनि छुट्न नहुने बताएका छन् । महामन्त्री थापाले सो प्रकरणमा दोषी भए नेता होस् कि नाता कोही पनि छुट्न नहुने बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले भुटानी शरणार्थी प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने सुशासनको नारा लगाउन सकिने बताए ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान फ्री र फेयर होस् निर्दोष कोही नपरोस् । यदि दोषी छ भने नेता होस् कि नाता एउटा पनि नछुटुन् । यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने सुशासनको नारा लगाउन सक्छ’ थापाले भने, ‘त्यसपछि फिल्म हाउस फुल हुन्छ । नभए हल खाली हुन्छ । यो घटनालाई सबैले हेरेका छन् । यहाँ अनुसन्धान गरेर भनेर मात्रै हुँदैन । सबैलाई विश्वास लाग्नुपर्छ । नागरिकलाई फ्री र फेयर भयो भन्ने विश्वास लाग्नुपर्छ ।’
सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसरी डिल गर्छ त्यसैमा धेरै कुरा निर्धारण हुने थापाले बताए । ‘नक्कली भुटानी शरणार्थी प्रकरण यस्तो बेला आएको छ । यसलाई सरकारले कसरी डिल गर्छ ? यसले नै बाँकी कुराको निर्धारण गर्छ । अहिलेसम्म जे भएको छ त्यसमा सरकारको प्रशंसा गर्छु । प्रधानमन्त्री गृहमन्त्री दुबैलाई यस सन्दर्भमा धन्यवाद दिन चाहन्छु’ थापाले भने, ‘यसमा सबैको एउटै आवाज छ । यसमा संलग्न जोसुकै होस् दलको होस् जोसुकै तहको होस् कारबाहीको दायरामा ल्याउनै पर्छ ।’ बजारको हल्लादेखि भेटघाटले अनुसन्धान प्रक्रियामा प्रभावित हुन नहुने थापाले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण