सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

बालकृष्ण पक्राउपछि प्रचण्ड, ओली र देउवाबीच वार्ता

बुधबार, २७ वैशाख २०८०, १४ : ५४
बुधबार, २७ वैशाख २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

आज सिंहदरबास्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री प्रचण्डसहित देउवा र ओलीबीच छलफल भएको हो । प्रचण्ड, देउवा र ओलीबीच सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनका सम्बन्ध छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए ।

‘अहिले प्रधानमन्त्रीज्यू सहित देउवा र ओली कमरेड तीन जना मात्रै छलफलमा हुनुहुन्छ’ ती सदस्यले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोगको विषय र संक्रमणकालीन न्याय टुंग्गो लगाउने विषयमा छलफल जारी छ ।’

सचिवालय सदस्यले यस्तो दाबी गरे पनि नक्कली भुटानी शरणार्थीका विषयमा छलफल गर्न तीन नेताबीच छलफल भएको हुन सक्ने बताइएको छ ।

भुटानी शरणर्थी प्रकरणमा लहरो तान्दा पहरो थर्किन  थालेकाले शीर्ष तहमा छलफल हुन लागेको बताएको छ । बुधबार बिहान मात्र पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेपछि नेपाली राजनीति तरंगित बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप