कांग्रेस लुम्बिनी प्रदेशले तीन दिन प्रशिक्षण दिने
बुधबार, २७ वैशाख २०८०, १५ : ५५
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले तीन दिन प्रदेशभित्रका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ । कांग्रेस लुम्बिनी प्रदेशले प्युठानमा यही वैशाख २९, ३० र ३१ गते प्रशिक्षण दिने भएको हो ।
उक्त प्रशिक्षण मा प्रदेशका १२ जिल्लाबाट झण्डै एक सयजना अगुवा कार्यकर्ताहरुको सहभागिता रहने जनाएको छ ।
कांग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा प्रशिक्षण विभाग प्रमुख भुवन प्रसाद श्रेष्ठले कार्यकर्ता पंक्तिमा आएको नैराश्यता, विचलन र अनुशासनहीनता न्यूनीकरण गर्न प्रशिक्षण दिन लागिएको जानकारी दिए ।
यस्तै प्रशिक्षण विभागका सचिव बालकृष्ण पौडेलले कांग्रेसले अवलम्बन गर्नुपर्ने अबको बाटो र पार्टीले आगामी दिनमा खेल्नुपर्ने भूमिकाको बारेमा प्रशिक्षण दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय बैंकिङ र बजार हिस्सामा निरन्तर सुधार गर्दै राष्ट्रिय वाणिज्य बैंक
-
नाट्टाको अध्यक्षमा पाण्डेको उम्मेदवारी
-
मणिपालमा ‘एक्सप्रेसन्स २०२६’ सुरु, कला र खेलमार्फत एकताको सन्देश
-
प्रेमप्रसादको घटनामा बालेनले भनेका थिए– राज्यको चरम असफलता !
-
भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल
-
इयु बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियन्त्रणको तयारीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण