सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस लुम्बिनी प्रदेशले तीन दिन प्रशिक्षण दिने

बुधबार, २७ वैशाख २०८०, १५ : ५५
बुधबार, २७ वैशाख २०८०

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले तीन दिन प्रदेशभित्रका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ । कांग्रेस लुम्बिनी प्रदेशले प्युठानमा यही वैशाख २९, ३० र ३१ गते प्रशिक्षण दिने भएको हो । 

उक्त प्रशिक्षण मा प्रदेशका १२ जिल्लाबाट झण्डै एक सयजना अगुवा कार्यकर्ताहरुको सहभागिता रहने जनाएको छ ।

कांग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा प्रशिक्षण विभाग प्रमुख भुवन प्रसाद श्रेष्ठले कार्यकर्ता पंक्तिमा आएको नैराश्यता, विचलन र अनुशासनहीनता न्यूनीकरण गर्न प्रशिक्षण दिन लागिएको जानकारी दिए ।

यस्तै प्रशिक्षण विभागका सचिव बालकृष्ण पौडेलले  कांग्रेसले अवलम्बन गर्नुपर्ने अबको बाटो र पार्टीले आगामी दिनमा खेल्नुपर्ने भूमिकाको बारेमा प्रशिक्षण दिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप