बोल्ड अवतारले के होला शिल्पाको करिअर ?
काठमाडौँ । अभिनेत्री शिल्पा मास्के पछिल्लो समय चर्चामा छिन् । उनको चर्चाको कारण फिल्म ‘परस्त्री’ भएको छ । फिल्मको केही दिन अगाडि सार्वजनिक फष्टलुक पोस्टरमा उनी निकै बोल्ड अवतारमा देखिएकी छन् । पोस्टरको स्वदेशको अलावा बलिउडमा पनि चर्चा भएको छ । शिल्पाका यस अगाडि ‘कागजपत्र’, ‘द ब्रेक अप’ र ‘फूलबारी’ फिल्म आएका थिए । ‘कागजपत्र’, ‘द ब्रेक अप’ फिल्म उनी खासै दर्शकको नोटिसमा परिनन् । फिल्म समेत नचल्दा उनी निराश हुनुपर्ने अवस्था बन्यो ।
फिल्म ‘द ब्रेक अप’मा त उनले केही चुम्बनका दृश्य समेत दिएकी थिइन् । उक्त दृश्यले चर्चा पाए पनि फिल्म नचल्दा उनी निरस बन्नुपर्यो । ‘फूलबारी’ मा भने उनको केमियो भूमिका थियो । फिल्मले राम्रै व्यापार गरे पनि जस उनको भागमा परेन । सायद त्यसैले होला उनी ‘परस्त्री’ मार्फत करियर परिवर्तन गर्ने दाउमा छिन् । त्यसैले पनि उनी फिल्ममा बोल्ड रूपमा प्रस्तुत भएकी छन् । सुरज पाण्डेको निर्देशित फिल्ममा उनका केही अन्तरङ्ग दृश्यहरू पनि रहेको चर्चा छ ।
शिल्पाले बोल्ड बनाएर करियरमा एक किसिमको चुनौती उठाएकी हुन् । ‘परस्त्री’ चल्यो भने उनको यो चुनौती सफल पनि हुनेछ । फिल्म चल्दा उनको करियर उँभो लाग्ने कुरोमा दुई मत छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण