शशांक कोइराला भन्छन्–भ्रष्टाचार गरौं तर कम गरौं
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.शशांक कोइरालाले भ्रष्टाचार गरेपनि कम गर्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकतामाथि आफ्नो धारणा राख्दै सांसद कोइरालाले सो कुरा बताएका हुन् ।
उनले भने,‘विश्वेश्वरप्रसाद कोइराला जो प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको एकजना भाइले नयाँ जुत्ता लगाउनुभयो ३ सय रुपैयाँ पर्ने । अनि वीपीले सोध्नुभयो, कहाँबाट तिमीले यो पैसा पायौं ? त्यही दिन उहाँले बर्खास्त गरिदिनुभयो । हेर्नुस् त्यस्तो सहनशीलता हुनुपर्छ, त्यो संवेदना हुनुपर्छ ।’
उनले अगाडि भने,‘भ्रष्टाचार भनेको त हामीले नै गर्छौं । अरुलाई दोष किन दिने ? हामीले भ्रष्टाचार कम गरौँ, निर्मूल गर्न सकिँदैन । हेर्नुस् भ्रष्टाचारी भनेको यो एउटा रोग नै हो । अब यसलाई निर्मूल गर्न त सायद प्रयास गर्यो भने त निर्मूलपनि हुन्छ, कतिपय मुलुकहरूमा त्यो भएकोपनि छ । हामीले प्रयत्न नै नगरे त कसरी हुन्छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण