शशांक कोइराला भन्छन्–भ्रष्टाचार गरौं तर कम गरौं

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.शशांक कोइरालाले भ्रष्टाचार गरेपनि कम गर्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकतामाथि आफ्नो धारणा राख्दै सांसद कोइरालाले सो कुरा बताएका हुन् ।
उनले भने,‘विश्वेश्वरप्रसाद कोइराला जो प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको एकजना भाइले नयाँ जुत्ता लगाउनुभयो ३ सय रुपैयाँ पर्ने । अनि वीपीले सोध्नुभयो, कहाँबाट तिमीले यो पैसा पायौं ? त्यही दिन उहाँले बर्खास्त गरिदिनुभयो । हेर्नुस् त्यस्तो सहनशीलता हुनुपर्छ, त्यो संवेदना हुनुपर्छ ।’
उनले अगाडि भने,‘भ्रष्टाचार भनेको त हामीले नै गर्छौं । अरुलाई दोष किन दिने ? हामीले भ्रष्टाचार कम गरौँ, निर्मूल गर्न सकिँदैन । हेर्नुस् भ्रष्टाचारी भनेको यो एउटा रोग नै हो । अब यसलाई निर्मूल गर्न त सायद प्रयास गर्यो भने त निर्मूलपनि हुन्छ, कतिपय मुलुकहरूमा त्यो भएकोपनि छ । हामीले प्रयत्न नै नगरे त कसरी हुन्छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता