नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेता हेरफेर
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको चौथो ठूलो दल नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेता र प्रमुख सचेतक फेरेको छ ।आज बसेको संसदीय दलको बैठकले घनश्याम चौधरीलाई दलको नेता चयन गरेको छ । उनी कैलाली निर्वाचन क्षेत्र ३ को प्रदेशसभा (१) बाट निर्वाचित भएका हुन् । प्रमुख सचेतकमा खुशीराम चौधरी चयन भएका छन् । यसअघि सो पार्टीको संसदीय दलको नेतामा रामेश्वर चौधरी र प्रमुख सचेतकमा लक्ष्मणकिशोर चौधरी रहेका थिए ।
निवर्तमान प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले केन्द्रीय अध्यक्षको उपस्थितिमा केन्द्रमा केही दिनअघि भएको सहमतिबमोजिम आज प्रदेशसभाको संसदीय दलको बैठक बसेर दलको नेता र प्रमुख सचेतक चयन गरिएको जानकारी दिए ।
“बैठकले दलको नेता र प्रमुख सचेतक सर्वसम्मतिले चयन गरेको छ”, उनले भने, “यसबाहेक योजना छानोटलगायतका विषयमा छलफल गरिएको छ ।” त्रिपन्न सदस्यीय प्रदेशसभामा सो पार्टीका सात सदस्य रहेका छन् । यस्तै नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का दश, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र स्वतन्त्र एक सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण