ह्वाट्सएप अब स्मार्टवाचमा पनि उपलब्ध हुने
बिहीबार, २८ वैशाख २०८०, ०८ : ४०
काठमडौँ । ह्वाट्स एपले प्रयोगकर्ताको अनुभवलाई हरेक दिन राम्रो बनाउँदै गएको छ । पहिले ह्वाट्स एपलाई प्रयोगकर्ताहरुले फोन, ट्याबलेट र डेस्कटपमा मात्र प्रयोग गर्न पाउँथे, अब भने यसलाई स्मार्टवाचमा चलाउन पाउनेछन् ।
रिपोर्टका अनुसार ह्वाट्स एप अब गुगलको वेयर अपरेटिङ सिस्टमसँग कम्प्याटिबल रहेको छ । वाबेटाइन्फोका अनुसार ह्वाट्स एपको स्मार्टवाच एप अब उपलब्ध छ, जसबाट प्रयोगकर्ताहरु कनेक्ट रहन सक्छन् र आफ्नो स्मार्टवाचबाट सिधै च्याट र म्यासेज गर्न सक्छन् ।
रिपोर्टमा गुगल प्ले स्टोरमा उपलब्ध एन्ड्रोयड २.२३.१०.१० का लागि ह्वाट्स एप बेटा इन्सटल गरेपछि फिचर सीमित प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । यो विशेष गरेर वेयर ओपरेटिङ सिस्टमका लागि कम्प्याटिबल हुन सूचीकृत गरिएको छ । वेयर एन्ड्रोयड अपरेटिङ सिस्टम हो जसलाई स्मार्ट वाचका लागि डिजाइन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण