राप्रपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक
बिहीबार, २८ वैशाख २०८०, ०९ : १०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार केन्द्रीय कार्यसमितिको पूर्ण बैठक जेठ १,२ र ३ गते काठमाडौँमा बस्नेछ ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको भावी रणनीति र कार्यनीति सम्बन्धी कार्ययोजना पेस गर्नेछन् ।
त्यसैगरी सचिवालय प्रमुख हेमजङ गुरुङले सचिवालय सम्बन्धी र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ। बैठकमा पेस हुने सबै प्रतिवेदनहरूमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण