शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

बिहीबार, २८ वैशाख २०८०, ०९ : १०
बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार  केन्द्रीय कार्यसमितिको पूर्ण बैठक जेठ १,२ र ३ गते काठमाडौँमा बस्नेछ । 

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको भावी रणनीति र कार्यनीति सम्बन्धी कार्ययोजना पेस गर्नेछन् । 

त्यसैगरी सचिवालय प्रमुख हेमजङ गुरुङले सचिवालय सम्बन्धी र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ। बैठकमा पेस हुने सबै प्रतिवेदनहरूमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप