पाकिस्तान : पूर्व मानवअधिकार मन्त्री शिरिन मजारी पक्राउ
पाकिस्तानकी पूर्व मानवअधिकार मन्त्री शिरिन मजारीलाई उनको घरबाट हिरासतमा लिइएको छ । पाकिस्तान तहरीक–ए–इन्साफले पार्टीकी वरिष्ठ नेता शिरिन मजारीलाई शुक्रवार बिहान इस्लामावाद पुलिसले हिरासतमा लिएको जनाएको छ ।
मजारीकी छोरी र एक वकिल इमान हाजिर–मजारीले ट्विटरमा एउटा भिडियो साझा गरेका छन् जसमा पाकिस्तानी पूर्व मन्त्रीलाई पक्राउ गर्न सादा लुगा लगाएका केही पुरुष जबरजस्ती उनको घरमा प्रवेश गरिरहेको देखिएका छन् ।
#EXCLUSIVE: CCTV video of former federal human rights minister and #PTI leader @ShireenMazari1 house, plain clothes gunman can be seen jumping the door to arrest a female politician. pic.twitter.com/C6sVHHTPTD
— Asad Ali Toor (@AsadAToor) May 12, 2023
ट्विटरमा अर्को एउटा भिडियो सार्वजनिक भएको छ जसमा इस्लामाबाद प्रहरीले शिरिन मजारीलाई एउटा कारमा राखेर उनको घरबाट कतै टाढा लैजाँदै गरेको देख्न सकिन्छ ।
Taking away an ex human rights minister in an inhumane way to oppress her political views is shameful. As a victim of such atrocities we condemn these late night raids to intimidate political workers. #ImranKhan
— Hassan Butt (@IHassanButt) May 12, 2023
Stay strong @ImaanZHazir & family. pic.twitter.com/DLI9JYzV9e
गाडीमा बसेर शिरिन मजारीले भनिन्, ‘आतङ्कवाद चल्दैन, कति जनालाई समात्छौँ र मार्छौ । यिनीहरूले के गरिरहेका छन्, हामीलाई थाहा छैन ।’
भिडियो पोस्ट गर्नुभन्दा केही समयअघि मजारीकी छोरीले करिब ५० जना प्रहरी आफ्नो घरभित्र पस्ने प्रयास गरिरहेको बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण