बेपत्ता भएको ११ दिनपछि शव फेला
शुक्रबार, २९ वैशाख २०८०, १० : ३८
तनहुँ । तनहुँमा बेपत्ता भएको ११ दिनपछि एक व्यक्तिको शव फेला परेको छ । व्यास नगरपालिका वडा नम्बर ९ गजौडे बस्ने ५९ वर्षीय सुरेश कुमार गुरुङको शव फेला परेको हो ।
गुरुङ वैशाख १७ गते बेलुकीदेखि हराइरहेकामा बिहीबार बिहान सुदेखोला सात बिसे सामुदायिक बनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनको भिरबाट लडेर १११ फिट तल खसेको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ ।
घाँस काट्न भनेर गएका उनी हराएपछि परिवारले प्रहरीमा खबर गरेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण