दुर्गेशको नयाँ गीत पनि विवादमा पर्न सक्ने, भनियो केटीहरुलाई छाडा
काठमाडौँ । गीतसंगीतका कारणले पटकपटक विवादमा पर्दै आएका गायक दुर्गेश थापाले नयाँ गीत ‘महँगो मेरो ड्रेस’ ल्याएका छन् । र्याप शैलीमा तयार यो गीत पनि विवादमा पर्ने देखियो ।
गीतमा केटीहरु सबैलाई छाडा भनिएको छ । जुन शब्दले विवाद निम्त्याउन सक्छ । गीतमा शाहरुख खानको छोरीसँग आफूले डटे गरेको समेत बताइएको छ ।
रोशन आएर र एमटिआरको र्याप रहेको गीतको शब्द दुर्गेश र एमटिआरको रहेको छ । गीतमा दुर्गेशले ७ दिनमा आफू आठ चोटी चौकी परेको, केटाहरुले हेला गर्ने, केटीहरुले माया गर्ने भनिएको छ । गीतमा दुर्गेशले आफ्नो ड्रेस महँगो भएको समेत भनेका छन् । गीतको शुरुवातमा दुर्गेशले र्यापर मार्फत आफ्नो प्रशंसा समेत गराएका छन् ।
संगीत समेत दुर्गेश आफैले गरेको गीतको भिडियो पनि उनले नै निर्देशन गरेका हुन् । भिडियोमा दुर्गेशको अलवा अलिना रायमाझी, एमटिआर र रोशन आएर लगायतको अभिनय छ ।
रक कौसलको छायांकन र मिलन विश्वकर्माको सम्पादन भिडियोमा छ । गीत विवादित बनाएर चर्चामा रहन मनपराउने दुर्गेश अभिनेता पल प्रकरणपछि हराएका थिए । अहिले फेरि नयाँ गीत लिएर आएका छन् । जुन गीत पनि विवादमा पर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण