सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्गेशको नयाँ गीत पनि विवादमा पर्न सक्ने, भनियो केटीहरुलाई छाडा

शुक्रबार, २९ वैशाख २०८०, १६ : १०
शुक्रबार, २९ वैशाख २०८०

काठमाडौँ । गीतसंगीतका कारणले पटकपटक विवादमा पर्दै आएका गायक दुर्गेश थापाले नयाँ गीत ‘महँगो मेरो ड्रेस’ ल्याएका छन् । र्‍याप शैलीमा तयार यो गीत पनि विवादमा पर्ने देखियो ।

गीतमा केटीहरु सबैलाई छाडा भनिएको छ । जुन शब्दले विवाद निम्त्याउन सक्छ । गीतमा शाहरुख खानको छोरीसँग आफूले डटे गरेको समेत बताइएको छ ।

रोशन आएर र एमटिआरको र्‍याप रहेको गीतको शब्द दुर्गेश र एमटिआरको रहेको छ । गीतमा दुर्गेशले ७ दिनमा आफू आठ चोटी चौकी परेको, केटाहरुले हेला गर्ने, केटीहरुले माया गर्ने भनिएको छ । गीतमा दुर्गेशले आफ्नो ड्रेस महँगो भएको समेत भनेका छन् । गीतको शुरुवातमा दुर्गेशले र्यापर मार्फत  आफ्नो प्रशंसा समेत गराएका छन् ।

संगीत समेत दुर्गेश आफैले गरेको गीतको भिडियो पनि उनले नै निर्देशन गरेका हुन् । भिडियोमा दुर्गेशको अलवा अलिना रायमाझी, एमटिआर र रोशन आएर लगायतको अभिनय छ ।

रक कौसलको छायांकन र मिलन विश्वकर्माको सम्पादन भिडियोमा छ । गीत विवादित बनाएर चर्चामा रहन मनपराउने दुर्गेश अभिनेता पल प्रकरणपछि हराएका थिए । अहिले फेरि नयाँ गीत लिएर आएका छन् । जुन गीत पनि विवादमा पर्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप