मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

बाखमुतबाट  ‘पछि हट्दै’ रुसी सेना

शुक्रबार, २९ वैशाख २०८०, २१ : १८
शुक्रबार, २९ वैशाख २०८०

मस्को । रुसको एक लडाकू समूह, वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले शुक्रबार मस्कोको  सेना पूर्वी युक्रेनको हटस्पट सहर बखमुतबाट ‘पछि हट्न’ लागेको बताएका छन् । 

रुसको रक्षा मन्त्रालयले बाखमुतको उत्तरमा बलियो रक्षात्मक पोजिसन खडा गर्न सेनालाई पुनः तैनाथ गरेको घोषणा गरेलगत्तै उनले यस्तो टिप्पणी गरेका हुन् । 

प्रिगोजिनले सामाजिक सञ्जालमा पोस्ट गरेको अडियो वक्तव्यमा भनेका छन्, “यसलाई ‘रिग्रुपिङ्’ भनिँदैन, भगाइ हो ।” प्रिगोजिनले अर्को एक भिडियो सन्देशमा रक्षा मन्त्रालयका एकाइहरू सहरको उत्तर र दक्षिणमा रहेका स्थानहरूबाट ‘भाग्न थालेको’ बताएका छन् । 

“सैन्य इकाइहरू असफल भइरहेका छन् । मोर्चा ढल्दैछ,” क्रेमलिनका सहयोगी रहेका उनले बताए । 

युक्रेनी सेनाले बाखमुत नदीको जलाशय र सामरिक उचाइमा रहेका स्थानकब्जा गरेको उनले बताए ।

कीएभको सेनाले यसपहिले रुसी सेनाले नियन्त्रणमा लिएको अर्को सानो सहर चासिव यारबाट बाखमुत जाने बाटोलाई पनि नियन्त्रणमा लिएको थियो ।  उनको दाबीलाई स्वतन्त्र पुष्टिका लागि एएफपीले गरेको प्रयास सफल हुन सकेन । 

यसअघि शुक्रबार युक्रेनले बाखमुत नजिकैको केही भूभाग फिर्ता लिएको दाबी गरेको थियो । यद्यपि रुसले बाखमुत नजिकैको पूर्वी मोर्चाको ९५ किलोमिटर ९६० माइल० क्षेत्रमा युक्रेनी आक्रमणलाई प्रतिकार गरेको बताएको छ ।

प्रिगोजिनले भने, “सूचनाको क्षेत्रमा रक्षा मन्त्रालयले स्थितिलाई छिपाउने प्रयास गरेको छ । यो अघि बढेको छ र यसले रूसका लागि विश्वव्यापी त्रासदी निम्त्याउनेछ ।” उनले थपे, “यस कारण हामीले तुरुन्तै झूट बोल्न छोड्नुपर्छ ।”

प्रिगोजिन र परम्परागत सेना प्रमुखहरूबीचको प्रतिद्वन्द्विता बाखमुतको लडाइँको क्रममा सतहमा आएको छ, जुन द्वन्द्वको सबैभन्दा लामो र रक्तपातपूर्ण थियो । प्रिगोजिनले रुसी रक्षा मन्त्रालयले गोलाबारुद उपलब्ध गराउन अस्वीकार गरेको दाबी गर्दै आएको छ ।-(रासस/एएफपी)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप