बाखमुतबाट ‘पछि हट्दै’ रुसी सेना
मस्को । रुसको एक लडाकू समूह, वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले शुक्रबार मस्कोको सेना पूर्वी युक्रेनको हटस्पट सहर बखमुतबाट ‘पछि हट्न’ लागेको बताएका छन् ।
रुसको रक्षा मन्त्रालयले बाखमुतको उत्तरमा बलियो रक्षात्मक पोजिसन खडा गर्न सेनालाई पुनः तैनाथ गरेको घोषणा गरेलगत्तै उनले यस्तो टिप्पणी गरेका हुन् ।
प्रिगोजिनले सामाजिक सञ्जालमा पोस्ट गरेको अडियो वक्तव्यमा भनेका छन्, “यसलाई ‘रिग्रुपिङ्’ भनिँदैन, भगाइ हो ।” प्रिगोजिनले अर्को एक भिडियो सन्देशमा रक्षा मन्त्रालयका एकाइहरू सहरको उत्तर र दक्षिणमा रहेका स्थानहरूबाट ‘भाग्न थालेको’ बताएका छन् ।
“सैन्य इकाइहरू असफल भइरहेका छन् । मोर्चा ढल्दैछ,” क्रेमलिनका सहयोगी रहेका उनले बताए ।
युक्रेनी सेनाले बाखमुत नदीको जलाशय र सामरिक उचाइमा रहेका स्थानकब्जा गरेको उनले बताए ।
कीएभको सेनाले यसपहिले रुसी सेनाले नियन्त्रणमा लिएको अर्को सानो सहर चासिव यारबाट बाखमुत जाने बाटोलाई पनि नियन्त्रणमा लिएको थियो । उनको दाबीलाई स्वतन्त्र पुष्टिका लागि एएफपीले गरेको प्रयास सफल हुन सकेन ।
यसअघि शुक्रबार युक्रेनले बाखमुत नजिकैको केही भूभाग फिर्ता लिएको दाबी गरेको थियो । यद्यपि रुसले बाखमुत नजिकैको पूर्वी मोर्चाको ९५ किलोमिटर ९६० माइल० क्षेत्रमा युक्रेनी आक्रमणलाई प्रतिकार गरेको बताएको छ ।
प्रिगोजिनले भने, “सूचनाको क्षेत्रमा रक्षा मन्त्रालयले स्थितिलाई छिपाउने प्रयास गरेको छ । यो अघि बढेको छ र यसले रूसका लागि विश्वव्यापी त्रासदी निम्त्याउनेछ ।” उनले थपे, “यस कारण हामीले तुरुन्तै झूट बोल्न छोड्नुपर्छ ।”
प्रिगोजिन र परम्परागत सेना प्रमुखहरूबीचको प्रतिद्वन्द्विता बाखमुतको लडाइँको क्रममा सतहमा आएको छ, जुन द्वन्द्वको सबैभन्दा लामो र रक्तपातपूर्ण थियो । प्रिगोजिनले रुसी रक्षा मन्त्रालयले गोलाबारुद उपलब्ध गराउन अस्वीकार गरेको दाबी गर्दै आएको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण