बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
कविता

समय, घडी र मान्छे

शनिबार, ३० वैशाख २०८०, ०६ : ४७
शनिबार, ३० वैशाख २०८०

कसैले सही भन्यो 
घडी हुनेसँग समय हुँदैन 
मैले कहिल्यै आनन्दले जिएको छैन 
अनि म कहिल्यै भरपुर सजिएको छैन
म चाहन्छु म समय बिर्सूँ,
म चाहन्छु म कमाई बिर्सूँ 
म चाहन्छु म फर्माइस बिर्सूँ
म बिर्सूँ आफ्नै अस्तित्वको कबुल 
म बिर्सूँ प्रेम अनि स्वामित्वको भुल
म बिर्सूँ मै माथि समयको चुलबुल 
अपितु यसो हुँदैन, घडी भएसम्म 
कसैसँग भरपुर समय भएको महसुस 
समयको अस्तित्व नभएकोले पुर्‍याउँछ
तर यो समय नबुझेका 
घडी नभएकासँग सम्भव छ 

मान्छेलाई अति सङ्कुचन घडी कम्पनीहरूले बनाए 
मृत्युको डर मनमा पल पल जगाइदिने काम 
घडी बनाउनेहरूकै त हो 
नरले संसार नामी घरमा,
अमिट भुल घडी बनाएर गर्‍यो 
घडीले अस्तित्वलाई घडामा कैद गर्‍यो
अनि मान्छे समयको कैदी बनेर 
समयको चाकरी गर्दैछ ।
घडी मजबुरहरूसँग हुन्छ
मजदुरहरूसँग हुन्छ
मन क्रूरहरूसँग हुन्छ 
यसरी घडी नभएको मान्छे मान्छे हुँदैन 
त्यो त प्रकृति हो सहीमा त्यो असली मान्छे हो 
मान्छेहरू त समयको दासत्वले अन्धा मेसिन बने ।

दिरुम नपा–१५, विजयखर्क, खोटाङ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय राज
विजय राज
लेखकबाट थप