समय, घडी र मान्छे
कसैले सही भन्यो
घडी हुनेसँग समय हुँदैन
मैले कहिल्यै आनन्दले जिएको छैन
अनि म कहिल्यै भरपुर सजिएको छैन
म चाहन्छु म समय बिर्सूँ,
म चाहन्छु म कमाई बिर्सूँ
म चाहन्छु म फर्माइस बिर्सूँ
म बिर्सूँ आफ्नै अस्तित्वको कबुल
म बिर्सूँ प्रेम अनि स्वामित्वको भुल
म बिर्सूँ मै माथि समयको चुलबुल
अपितु यसो हुँदैन, घडी भएसम्म
कसैसँग भरपुर समय भएको महसुस
समयको अस्तित्व नभएकोले पुर्याउँछ
तर यो समय नबुझेका
घडी नभएकासँग सम्भव छ
मान्छेलाई अति सङ्कुचन घडी कम्पनीहरूले बनाए
मृत्युको डर मनमा पल पल जगाइदिने काम
घडी बनाउनेहरूकै त हो
नरले संसार नामी घरमा,
अमिट भुल घडी बनाएर गर्यो
घडीले अस्तित्वलाई घडामा कैद गर्यो
अनि मान्छे समयको कैदी बनेर
समयको चाकरी गर्दैछ ।
घडी मजबुरहरूसँग हुन्छ
मजदुरहरूसँग हुन्छ
मन क्रूरहरूसँग हुन्छ
यसरी घडी नभएको मान्छे मान्छे हुँदैन
त्यो त प्रकृति हो सहीमा त्यो असली मान्छे हो
मान्छेहरू त समयको दासत्वले अन्धा मेसिन बने ।
दिरुम नपा–१५, विजयखर्क, खोटाङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण