मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बालेनपछि बोले बाबुराम– ‘केही आँप कुहिए भन्दैमा सबै आँप नफालौँ’

शनिबार, ३० वैशाख २०८०, २३ : ११
शनिबार, ३० वैशाख २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा कडा टिप्पणी गरेलगतै नेपाल समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराईले उनलाई घुमाउरो शैलीमा जवाफ फर्काएका छन् । 

भट्टराईले गणतन्त्रका संस्थापकहरूलाई सोलोडोलो रूपमा नसराप्न आग्रह गर्दै क्रान्तिकालमा आफ्नो टाउकोको मूल्य तोकिएको प्रसंग जोड्दै त्यससम्बन्धी पत्रिकामा छापिएको सूचना पनि सार्वजनिक गरेका छन् । उनले प्रतिगामी हल्लाको पछि नलाग्न आग्रह गर्दै नेतालाई गाली गर्दा न्याउरी मारी पछुतो हुने कुरा उल्लेख गरेका छन् । 

डा.भट्टराईले भनेका छन्– ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रका संस्थापकहरू सबैलाई सोलोडोलो सराप्ने प्रवृत्तिबाट बचौँ । लोकतन्त्र विना भ्रष्टाचारमुक्त समृद्ध समाज कतै बनेको छैन भन्ने बुझौँ ।

क्रान्तिकालमा कसरी गणतन्त्रका निम्ति लड्नेहरूको टाउकाको मूल्य तोकिएको थियो र शान्ति कालमा उनीहरूको कसरी मिडियामार्फत चरित्रहत्या हुँदा अदालतबाट उनीहरूले मानहानीको मुद्दा जितेका थिए भन्ने सम्झौँ । सत्य तथ्य बुझौँ, प्रतिगामी हल्लाको पछि नलागौँ । न्याउरी मारी पछुतो होला ।’  

उनले आफ्नो स्टाटसमा न्याउरी मारी पछुतो शीर्षकको लघुकथा समेत उल्लेख गरेका छन् ।  शनिवार डा.भट्टराई भष्ट्राचारको विरोध गर्दै सडकमा धर्ना बसेका थिए । उनलाई लक्षित गर्दै काठमाडौंका मेयर शाहले घुमाउरो शैलीमा स्टाटस लेखेपछि भट्टराईले पनि घुमाउरो शैलीमा जवाफ फर्काएका छन् ।

baburam-bhattarai

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप