बालेनपछि बोले बाबुराम– ‘केही आँप कुहिए भन्दैमा सबै आँप नफालौँ’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा कडा टिप्पणी गरेलगतै नेपाल समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराईले उनलाई घुमाउरो शैलीमा जवाफ फर्काएका छन् ।
भट्टराईले गणतन्त्रका संस्थापकहरूलाई सोलोडोलो रूपमा नसराप्न आग्रह गर्दै क्रान्तिकालमा आफ्नो टाउकोको मूल्य तोकिएको प्रसंग जोड्दै त्यससम्बन्धी पत्रिकामा छापिएको सूचना पनि सार्वजनिक गरेका छन् । उनले प्रतिगामी हल्लाको पछि नलाग्न आग्रह गर्दै नेतालाई गाली गर्दा न्याउरी मारी पछुतो हुने कुरा उल्लेख गरेका छन् ।
डा.भट्टराईले भनेका छन्– ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रका संस्थापकहरू सबैलाई सोलोडोलो सराप्ने प्रवृत्तिबाट बचौँ । लोकतन्त्र विना भ्रष्टाचारमुक्त समृद्ध समाज कतै बनेको छैन भन्ने बुझौँ ।
क्रान्तिकालमा कसरी गणतन्त्रका निम्ति लड्नेहरूको टाउकाको मूल्य तोकिएको थियो र शान्ति कालमा उनीहरूको कसरी मिडियामार्फत चरित्रहत्या हुँदा अदालतबाट उनीहरूले मानहानीको मुद्दा जितेका थिए भन्ने सम्झौँ । सत्य तथ्य बुझौँ, प्रतिगामी हल्लाको पछि नलागौँ । न्याउरी मारी पछुतो होला ।’
उनले आफ्नो स्टाटसमा न्याउरी मारी पछुतो शीर्षकको लघुकथा समेत उल्लेख गरेका छन् । शनिवार डा.भट्टराई भष्ट्राचारको विरोध गर्दै सडकमा धर्ना बसेका थिए । उनलाई लक्षित गर्दै काठमाडौंका मेयर शाहले घुमाउरो शैलीमा स्टाटस लेखेपछि भट्टराईले पनि घुमाउरो शैलीमा जवाफ फर्काएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण