केन्यामा २०० भन्दा बढीले गरे सामूहिक ‘आत्महत्या’
केन्याको क्रिस्चियन डूम्सडे कल्ट (प्रलयको दिनमा विश्वास राख्ने सम्प्रदाय) मा सामूहिक ‘आत्महत्या’ को मामिलामा मृत्यु हुनेको आँकडा २०० पार भएको छ । प्रहरीले हालसम्म २०१ को शव निकालेको छ ।
जहाँ यो घटना भयो, त्यहाँ ६०० भन्दा बढी हराइरहेको बताइएको छ । यस सम्प्रदायसँग सम्बद्ध व्यक्तिहरूका अनुसार सबैभन्दा पहिला बालबालिकालाई भोक भोकै मारिएको छ । शनिवार प्रहरीले थप २२ शव बरामद गरेको छ ।
पत्रकारहरूसँग कुरा गर्दै स्थानीय आयुक्त रोडाह ओन्यान्चाले भने, ‘हाम्रो फरेन्सिक टोलीले आज २२ वटा शव निकालेको छ तर हामीले कसैलाई पनि जीवित फेला पारेका छैनौँ ।’
केन्याको दक्षिण–पश्चिमी क्षेत्रमा अवस्थित शाकाहोला जङ्गलमा सामूहिक आत्महत्याको यो घटना भएको हो । प्रहरीले अहिले पनि यहाँ खोजी कार्य जारी राखेको छ ।
यस सम्प्रदायसँग सम्बन्धित एक डेपुटी पास्टरले लन्डनको टाइम्स पत्रिकालाई यो सामूहिक आत्महत्याको धेरै चरणहरूमा योजना बनाएको बताएका छन् । यी पास्टरले अहिले प्रहरी अनुसन्धानमा सहयोग गरिरहेका छन् ।
पास्टरका अनुसार सबैभन्दा पहिला बालबालिकालाई भोको राखेर मारियो । त्यसपछि महिलाले आत्महत्या गरे अनि पुरुषले ज्यान दिए । अन्त्यमा सम्प्रदायका नेता पास्टर पल म्याकेन्जीको परिवारले आत्महत्या गरे ।
पल म्याकेन्जी हाल प्रहरीको हिरासतमा छन् । प्रहरीले केही शवका पोस्टमार्टम गरेको छ । मारिएका मानिसमा भोक, सास फेर्न नसकेको र कुटिएको सङ्केत भेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण