अवैध जुत्ता बोकेका तीन वटा टक्र नियन्त्रणमा
हेटौडा । सशस्त्र प्रहरीले चेकजाँचको क्रममा अवैध रूपमा जुत्ता बोकेका तीन वटा ट्रकलाई पक्राउ गरेको छ ।
प्रहरीले झन्डै साँढे ६ करोड रुपैयाँ बराबरको एडिडास जुत्ता बोकेका तीन वटा ट्रकलाई मकवानपुरबाट नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीको १४ नम्बर गण, मकवानपुरले ती ट्रकलाई नियन्त्रणमा लिएको हो ।
हेटौँडा उपमहानगरपालिका–१५ स्थित महेन्द्र राजमार्गबाट चेकजाँचको क्रममा अवैध रूपमा जुत्ता भित्राउँदै गरेका तीन वटा टक्रहरु सशस्त्र प्रहरीको नियन्त्रणमा परेका हुन । गत वैशाख २९ गते विशेष सूचनाको आधारमा ती ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार बिल विजक शंकास्पद रहेको भन्ने विशेष सूचनाको आधारमा ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रक नियन्त्रणमा परेका हुन । जसको मूल्य ४ लाख ८८ हजार १७३.६३ अमेरिकी डलर अर्थात ६ करोड ४२ लाख २९ हजार ४.५० रुपैयाँ रहेको अनुमान गरिएको छ ।
नियन्त्रणमा लिएको तीन वटै ट्रक थप अनुसन्धान र कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुरमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण