विज्ञापन बोर्डविरुद्धको आन्दोलनमा विज्ञापन व्यवसायी
काठमाडौँ । विज्ञापन ऐन र नियमावलीले विज्ञापन व्यवसाय संकटमा परेको भन्दै विज्ञापन व्यवसायी आन्दोलनमा उत्रिएका छन् । वि.सं. २०७६ सालमा बनेको विज्ञापन ऐन र २०७७ सालमा बनेको विज्ञापन नियमावलीले विज्ञापन व्यवसाय नै संकटमा परेको व्यवसायीहरुको भनाई छ ।
यस्तै, विज्ञापनलाई व्यवस्थित बनाउने लक्ष्यसहित स्थापना गरेको विज्ञापन बोर्डले समेत एकाधिकार गर्न खोजेको विज्ञापन संघका अध्यक्ष सोमप्रसाद धितालले बताए । धितालले रातोपाटीसँग भने, ‘सरकारले बनाएको ऐन र नियमावली तथा विज्ञापन बोर्डले व्यवसायीलाई नै संकटमा धकेल्न खोज्यो । यही विषयको विरोधमा सकड आन्दोलनमा उत्रिएका छौं ।’
सुरुमा व्यवसायीले नै विज्ञापन ऐन र विज्ञापन बोर्ड चाहिन्छ भनेर माग राखेपनि व्यवसायीलाई नै हटाउने गरी ऐन बनेको धितालको भनाई छ । यस्तै, बोर्डले समेत विज्ञापन व्यवसायीको प्रतिनिधित्व नहुने गरी विभिन्न मन्त्रालयका सचिव र मिडिया सञ्चालकलाई प्रतिनिधि राखेको कारण व्यवसाय नै संकटमा परेको धितालले बताए ।
यो व्यवस्थाका कारण सयौं विज्ञापन व्यवसायी धराशायी बनेको धितालले बताए । यही विषय सरकारलाई बुझाउन आन्दोलनमा उत्रिएको संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण