हार्यो उपाधि विजेता नापोली, युभेन्ट्सको सजिलो जित
नापोली । इटालियन सिरिए फुटबलको उपाधि विजेता क्लब नापोली आफ्नो पछिल्लो खेलमा पराजित भएको छ । सिरिएअन्तर्गत आइतबार राति भएको खेलमा मोन्जाले आफ्नै घरेलु मैदानमा नापोलीलाई २—० गोलले हराएको हो ।
यो सिजनको सिरिएको उपाधि भने यसअघि नै नापोलीले जित्ने पक्का भइसकेको छ । आइतबारको खेलमा मोन्जासामु नापोली निरिह देखियो । मोन्जाका लागि १८औं मिनेटमा डानी मोटा र ५४औं मिनेटमा आन्द्रे पेटाग्नाले १/१ गोलको योगदान गरे ।
हालसम्म ३५ खेल खेलेको नापोली ८३ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । मोन्जा भने ३५ खेलबाट ४९ अंक बटुल्दै तालिकाको नवौं स्थानमा छ । तालिकाको दोस्रो स्थानमा आसिन युभेन्ट्सले ३५ खेलबाट ६९ जोडेको छ । नापोली र युभेन्ट्सको बीचमा १४ अंकको अन्तर छ ।
युभेन्ट्सले भने सोही राति भएको खेलमा क्रेमोनेजलाई २—० गोलले हरायो । घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले दुबै गोल दोस्रो हाफमा गरेको थियो । युभेन्ट्सका लागि ५५औं मिनेटमा निकोलो फागोलीले पहिलो गोल गरे ।
यसैगरी ७९औं मिनेटमा ग्लेसन ब्रेमरले अर्को गोल थपेपछि युभेन्ट्स सजिलै विजयी भएको थियो । रोमा र बोलोग्नाबीचको खेल भने गोलरहित बराबरीमा सकियो । ३५ खेलबाट ५९ अंक जोडेको रोमा तालिकाको छैटौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण