नक्कली भुटानी शरणार्थी प्रकरण
सरकारी वकिलको कार्यालयमा बालकृष्ण खाणको बयान सुरु
सोमबार, ०१ जेठ २०८०, ११ : ०८

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको छ ।
आइतबार खाणसहित १२ आरोपितमाथि अदालतबाट चार दिनको म्याद थप गरेको प्रहरीले सोमबार खाणलाई बयानका लागि लगेको हो । सरकारी वकिलको कार्यालयले प्रहरीलाई चार दिनभित्र आरोपितहरुको अनुसन्धान प्रतिवेदन बुझाउन आइतबार निर्देशन दिएको थियो ।
पूर्वमन्त्री खाणको बयान सुरु भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?