नेपालमाथि भारतले ‘प्रेसर डिम्पलोमेसी’को नीति लियो : रघुजी पन्त
काठमाडौँ । एमाले सांसद रघुजी पन्तले भारतले नेपालमाथि ‘प्रेसर डिम्पलोमेसी’को नीति अख्तियार गरेको बताएका छन् । साथै उनले भारतको त्यस्तो दववमुलक कूटनीतिमा नेपाल पर्न नुहुनेमा संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता पन्तले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणपछि धकेलेर भारतले नेपाली जनताले हटाएका पूर्व राजालाई बोलाएर स्वागत गरेको भन्दै त्यसतर्फ सरकारले सोच्नुपर्ने बताए ।
‘हाम्रो प्रधानमन्त्री भारत जान्छु भन्नुहुन्छ । भारत भ्रमण सरेको सर्यै छ । फेरि कहिले हुने हो थाहा छैन । तर नेपालको प्रधानमन्त्रीलाई भारत आउन नदिएर पखाइराख्दाखेरि पूर्व राजालाई उत्तर प्रदेशमा स्वागत गरिएको छ’, पन्तले भने । उनले पूर्व राजालाई स्वागत गर्ने क्रममा भारतका मुख्मन्त्रीहरुले दिएको अभिव्यक्ति अत्यन्त आपत्तिजनक रहेको भन्दै प्रेसर डिप्लोमेसी त्यही भएको बताए ।
‘प्रेसर डिप्लोमेसी । यो विश्व कूटनीतिमा चलनचल्तीमा रहेको छ । के मेरो एजेण्डा गर्छौ ? तिमिले बोकेर आउने एजेण्डामा त्यो विषय कार्यसूचीमा पर्छ कि पर्दैन ? अनिमात्र भारतमा तिमीलाई स्वागत गर्छु भनेर त्यसको सट्टा दबाब दिन राजालाई भारत बोलाइयो’, पन्तको भनाइ छ । उनले प्रेसर डिप्लोमेसिमा नेपालको सरकार पर्न नहुने भन्दै नेपाल आजसम्म पराधीन नभएको बताए । नेता पन्तले मुलुकको परराष्ट्र नीति सन्तुलित हुनुपर्ने भन्दै नेपालको हितमा प्रधानमन्त्रीको भारत भ्रमण हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण