बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

‘भैरे’ गीत : वर्षासँग बुद्धि र विक्रान्तको ठुम्का

शुक्रबार, २५ फागुन २०७४, १५ : ४२
शुक्रबार, २५ फागुन २०७४

काठमाडौं – चलचित्र ‘भैरे’को पहिलो अफिसियल गीत रिलिज भएको छ । राजधानीमा शुक्रवार एक कार्यक्रम सहित निर्माण युनिटले चलचित्रको ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको रिलिज गरेको हो । 

गीतमा अभिनेता विक्रान्त बस्नेत, बुद्धि तामाङ र अभिनेत्री वर्षा शिवाकोटीको अभिनय देख्न सकिन्छ । निर्देशक एभरेष्ट सुर्य बोहरा र बसन्त सापकोटाको शब्द रहेको गीतमा बसन्तको संगीत छ । यम बराल, बसन्त सापकोटा र मेलिना राईले यसमा स्वर दिएका हुन् । 

कविराज गहतराजको नृत्य, पुरुषोत्तम प्रधानको छायाँकन रहेको चलचित्रका निर्माता प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी रहेका छन् । 

करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत सह निर्मातामा रहेको चलचत्रिमा सुरक्षा पन्त, सुनिल थापा, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ समेतको अभिनय रहेको छ । 

लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’मा बसन्त श्रेष्ठ र रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित यो चलचित्रको प्रदर्शन मिति १८ जेठ बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप