सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

समितिको काम योजनाबद्ध ढंगले गर्नु आवश्यक : सांसद पन्त

मङ्गलबार, ०२ जेठ २०८०, १५ : १८
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले समितिको कामलाई योजनाबद्ध ढंगले गर्न जरुरी रहेको बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समिति सुशासन कायम गर्ने, सुदृढीकरण गर्ने भूमिकामा रहनुपर्ने बताए ।   

सांसद पन्तले अहिले सबैभन्दा असंगठित र अव्यवस्थित स्थान प्रधानमन्त्री कार्यालय रहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन हुन जरुरी रहेको बताए।  प्रधानमन्त्री कार्यालय राजनीतिक अस्थिरताका कारण व्यवस्थित हुन नसकेको उनले बताए ।  

सांसद पन्तले नेपालको समिति प्रणाली अति लोकतान्त्रिक भएको र यसले समितिको संवेदनशीलतामा प्रश्न उठाएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप