मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

कांग्रेस सांसदले भने–मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्छ

मङ्गलबार, ०२ जेठ २०८०, १८ : २२
मङ्गलबार, ०२ जेठ २०८०

जनकपुरधाम । नेपाली कांग्रेसका सांसद जंगीलाल रायले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत लिन आग्रह गरेका छन् । 

मंगलबार बसेको मधेस प्रदेशसभाको बैठकमा बोल्दै सांसद रायले एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिनुपर्ने बताए । 

संविधानको व्यवस्था अनुसार मुख्यमन्त्रीले चाँडोभन्दा चाँडो विश्वासको मत लिनुपर्ने उनले आग्रह गरेका हुन् ।  

सांसद रायले कांग्रेसले सरकारको गुण र दोषका आधारमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप