सरकारमा बसिरहनुको औचित्य रहेन : नाउपा प्रवक्ता पण्डित
धनगढी । सर्वोच्च अदालतको फैसलापछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारमा बसिरहनुपर्ने औचित्य समाप्त भएको बताइएको छ ।
पार्टीका संरक्षक समेत रहेका रेशमलाल चौधरीको सजायलाई सर्वोच्च अदालतले सदर गरेपछि प्रदेश तथा संघीय सरकारमा बसिरहनुको औचित्य नभएको बताएको हो ।
नाउपाका प्रवक्ता दामोदर पण्डितले रातोपाटीसँग भने, ‘हामीले सामाजिक न्याय र विकासको लागि चुनावबाट अनुमोदित भएर आएका हौ । जनताले त्यसै म्याडेड दिएर हामीलाई पठाएका हुन् । तर न्याय नपाएपछिको अवस्था के रहन्छ ? अब कुनै पनि सरकारमा बस्नुको कुनै आधार छैन । औचित्य छैन ।’
त्यस्तै, नाउपाका प्रमुख सचेतक गंगाराम चौधरीले उत्पीडित समुदायको लागि आजको दिन कालो दिन रहेको प्रतिक्रिया दिएका छन् ।
स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नाउपाले रेशमसहितका राजबन्दी रिहा गराउने प्रमुख चुनावी एजेण्डा बनाएको थियो ।
हाल रेशम पत्नी समेत रहेकी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन् । त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम सरकारमा पनि नाउपाको सहभागिता तथा समर्थन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण