सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषा ट्राफिकद्वारा दुर्घटना सम्भावित क्षेत्र घोषणा

मङ्गलबार, २० असार २०७४, १० : १०
मङ्गलबार, २० असार २०७४

जनकपुरधाम – दुर्घटना न्यूनिकरण गर्न धनुषा ट्राफिकले जनकपुर ढल्केवर सडकखण्डमा दुर्घटना सम्भावित क्षेत्र घोषणा गरिएको छ ।


अत्यधिक सवारी दुर्घटना हुदै आएको जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत रामानन्द चोक र पिडारी चोककोबीच अर्थात बागवानी नजिक ट्राफिकले सुरक्षित यात्रा हाम्रो सरोकार नारा सहितको दुईचोक बीचको सडक खण्डलाई संकेत गरी बोर्ड राखेर दुर्घटना सम्भावित क्षेत्र घोषणा गरिएको हो ।


सो सडकखण्डमा अत्यधिक सवारी दुर्घटना भएपछि चालक र पैदल यात्रुहरुलाई सचेत गराउन वोर्ड राखिएको भन्दै सिमित गतिमा गाडी कुदाउन धनुषाका ट्राफिक प्रमुख हरिनन्दन चौधरीले आग्रह गरेका छन् ।


सो सडकमा अत्यधिक यात्रु र सवारी चापका कारण दुर्घटना हुने गरेको प्रमुख चौधरीले बताए । गाडीको चाप अनुसार सडकको संरचना अझै साँघुरो भएको हुनाले दुर्घटना चुनौतीको रुपमा थपिएको उनको भनाई छ ।


उनले आजबाट शुरुवात गरेको सो कार्य मंगलबारदेखि बृहत रुपमा धनुषा जिल्ला अन्तर्गतका राजमार्गमा विभिन्न स्थानमा राखिने जनाईएको छ । मंगलबारदेखि लक्ष्मिनिया, सपही, रमदैया, महेन्द्रनगर, नक्टाझिझ, लालगढ, तथा पूर्व पश्चिम राजमार्गका ढल्केवर पोर्ताहा सडक खण्डका विभिन्न स्थानमा राखिने जनाइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्र कुमार यादव
अमरेन्द्र कुमार यादव

अमरेन्द्र कुमार यादव रातोपाटीका जिल्ला संवाददाता हुन् ।

लेखकबाट थप