धनुषा ट्राफिकद्वारा दुर्घटना सम्भावित क्षेत्र घोषणा
जनकपुरधाम – दुर्घटना न्यूनिकरण गर्न धनुषा ट्राफिकले जनकपुर ढल्केवर सडकखण्डमा दुर्घटना सम्भावित क्षेत्र घोषणा गरिएको छ ।
अत्यधिक सवारी दुर्घटना हुदै आएको जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत रामानन्द चोक र पिडारी चोककोबीच अर्थात बागवानी नजिक ट्राफिकले सुरक्षित यात्रा हाम्रो सरोकार नारा सहितको दुईचोक बीचको सडक खण्डलाई संकेत गरी बोर्ड राखेर दुर्घटना सम्भावित क्षेत्र घोषणा गरिएको हो ।
सो सडकखण्डमा अत्यधिक सवारी दुर्घटना भएपछि चालक र पैदल यात्रुहरुलाई सचेत गराउन वोर्ड राखिएको भन्दै सिमित गतिमा गाडी कुदाउन धनुषाका ट्राफिक प्रमुख हरिनन्दन चौधरीले आग्रह गरेका छन् ।
सो सडकमा अत्यधिक यात्रु र सवारी चापका कारण दुर्घटना हुने गरेको प्रमुख चौधरीले बताए । गाडीको चाप अनुसार सडकको संरचना अझै साँघुरो भएको हुनाले दुर्घटना चुनौतीको रुपमा थपिएको उनको भनाई छ ।
उनले आजबाट शुरुवात गरेको सो कार्य मंगलबारदेखि बृहत रुपमा धनुषा जिल्ला अन्तर्गतका राजमार्गमा विभिन्न स्थानमा राखिने जनाईएको छ । मंगलबारदेखि लक्ष्मिनिया, सपही, रमदैया, महेन्द्रनगर, नक्टाझिझ, लालगढ, तथा पूर्व पश्चिम राजमार्गका ढल्केवर पोर्ताहा सडक खण्डका विभिन्न स्थानमा राखिने जनाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण