भोलि प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर
बुधबार, ०३ जेठ २०८०, १४ : ५२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीच बिहीबार प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ ।
बिहीबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।
संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधवार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने उल्लेख गरिएको छ ।
साथै सोही बैठकमा प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूचीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण