शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भोलि प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर

बुधबार, ०३ जेठ २०८०, १४ : ५२
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीच बिहीबार प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । 

बिहीबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । 

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधवार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने उल्लेख गरिएको छ । 

साथै सोही बैठकमा  प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूचीमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप