श्रीमतीको हत्यापछि सेफ्टी ट्याङ्कीमा फ्याँकेर भाग्ने पक्राउ
बिहीबार, ०४ जेठ २०८०, १२ : १९
काठमाडौँ । श्रीमतीको हत्यापछि सेफ्टी ट्याङ्कीमा फ्याँकेर भाग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगामका गर्भे विकलाई काठमाडौँको सतुंगलबाट पक्राउ गरेको हो ।
गत फागुन २० गते श्रीमती केशु बिक हत्या गरेर उनी फरार भएका थिए । हत्यापछि कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५, चन्द्रौटा स्थित प्रयोगमा नआएको बस गाडीको रिफ्रेस सेन्टर भवनको सेफ्टी ट्याङकीमा शव फ्याँकेर उनी फरार भएको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक कानुनी कारबाहीको लागि वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तु पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकास कार्यालय जुम्लाको पुँजीगत खर्च ९३ प्रतिशत
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण