‘डाकिनी’मा किन रविन्द्रको ट्रान्सवुमन लुक्स ?
काठमाडौँ । ‘डाकिनी’ भोलि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्म क्यूएफएक्स छायाँ सेन्टर र लबिम मल, एफक्यूब सिनेमाज्, बिग मुभिज र एसके सिनेमा लगायत केही शो मात्र प्रदर्शन हुँदैछ ।
बौद्ध धर्मका ठूला गुरु मानिने खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)द्वारा निर्देशित फिल्ममा नेपाली कलाकार रविन्द्र सिंह बानियाँसँगै छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव लगायतको अभिनय रहेको छ ।
फिल्ममा अभिनेता रविन्द्र सिंह बानियाँको भूमिका अहिलेसम्म खुलाइएको थिएन । अहिले भने निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गरेको छ । जसमा रबिन्द्रको लुक्स बाहिर आएको छ । उक्त पोष्टरमा उनी लामो कपालमा गुलाबको फूल र गजरा (फूलको माला), आँखामा गाजल, ओठमा रातो रंगको लिपिस्टिक, गालामा पोते, हातमा चुरा लगायत श्रृगारमा साडी समेत लगाएर ट्रान्सवुमन लुक्स छ । जो कोहीलाई पनि उनी चिन्न मुस्किल पर्छ ।
‘पशुपति प्रसाद’मा हनुमान, ‘जात्रा’ मा जोयश बनेर अभिनयमा राम्रो छाप छोडेका रबिन्द्रको ट्रान्सवुमन भुमिकाले सबैमा कौतुहलत जगाएको छ । षट्कोण आर्टस्को ब्यानरमा बनेको फिल्मका केही निर्माता मध्य रविन्द्र पनि एक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण