सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर र लक्ष्मणकिशोर मन्त्री बन्ने
धनगढी । नागरिक उन्मुक्ति पार्टीले सांसद रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीलाई सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने निर्णय गरेको छ । नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले प्रधानमन्त्रीसहित शीर्ष नेता र आफूहरुबीच २ मन्त्रालयमा सहमति भएको बताए । रामेश्वरलाई सामाजिक विकास र लक्ष्मण किशोरलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा पठाउने निर्णय भएको नेता चौधरीले बताए ।
मन्त्री बनाउनका लागि नाउपाले संसदीय दलका नेता र प्रमुख सचेतकको जिम्मेवारी समेत फेरबदल गरेको छ । यसअघि दलको नेतामा रामेश्वर र प्रमुख सचेतकमा लक्ष्मण किशोर रहेका थिए । प्रमुख सचेतकको जिम्मेवारी हाल खुसीराम चौधरीले पाएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो १०० दिने उपलब्धि सार्वजनिक गर्दै आजै सरकारले पूर्णता पाउने बताएका छन् । जसअनुसार नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुङ्गो लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण