सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर र लक्ष्मणकिशोर मन्त्री बन्ने

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सांसद रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीलाई सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने निर्णय गरेको छ । नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले प्रधानमन्त्रीसहित शीर्ष नेता र आफूहरुबीच २ मन्त्रालयमा सहमति भएको बताए । रामेश्वरलाई सामाजिक विकास र लक्ष्मण किशोरलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा पठाउने निर्णय भएको नेता चौधरीले बताए ।
मन्त्री बनाउनका लागि नाउपाले संसदीय दलका नेता र प्रमुख सचेतकको जिम्मेवारी समेत फेरबदल गरेको छ । यसअघि दलको नेतामा रामेश्वर र प्रमुख सचेतकमा लक्ष्मण किशोर रहेका थिए । प्रमुख सचेतकको जिम्मेवारी हाल खुसीराम चौधरीले पाएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो १०० दिने उपलब्धि सार्वजनिक गर्दै आजै सरकारले पूर्णता पाउने बताएका छन् । जसअनुसार नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुङ्गो लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोको जोखिममा दलित बस्ती
-
जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर
-
आरआर क्याम्पसमा नेविसंघको विवाद के हो ?
-
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीहरुको मोटरसाइकल र्याली, तस्बिरमा हेर्नुहोस्
-
देउवाको ब्रिफिङ : गठबन्धनमा समस्या छैन, ओलीले छोडेर गए त के लाग्छ र !
-
महानगरबाट अहिलेसम्म ५२ हजार ७ सय ४० ले निःशुल्क कानुनी सेवा लिए : उपप्रमुख डंगोल