पढ्दै कमाउँदै कार्यक्रमलाई, कमाउँदै पढ्दैमा परिमार्जन
शुक्रबार, ०५ जेठ २०८०, १८ : २७
काठमाडौं । सरकारले पढ्दै कमाउँदै कार्यक्रमलाई कमाउँदै पढ्दैमा पनि परिमार्जन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हाल विद्यमान रहेको पढ्दै कमाउँदै कार्यक्रमलाई कमाउँदै पढ्दै कार्यक्रममा परिमार्जन गर्ने बताएका हुन् । विद्यालय तहको पाठ्यक्रममा समसामयिक पुनरवलोकन गरिने राष्ट्रपति पौडेलले बताए ।
‘आधारभूत तहमा गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गरिने छ। दलित, अल्पसंख्यक, लोपोन्मुख, पछाडि पारिएको क्षेत्र, दुर्गम तथा हिमाली क्षेत्र र आर्थिकरूपले विपन्न तथा अपांगता भएका बालबालिकालाई विशेष कार्यक्रम सञ्चालन गरिने छ। शिक्षा क्षेत्रका सबै छात्रवृत्ति एकद्वार प्रणालीमार्फत् लागु गरिने छ। विपन्न लक्षितलाई विस्तार गरिने छ,ु राष्ट्रपति पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण