पूर्वाधार क्षेत्रमा दुई सिफ्टमा काम, १ घण्टा हिँड्दा एउटा झोलुङ्गे पुल
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष भित्रमा राष्ट्रिय पूर्वाधार गुरुयोजना तयार गरी पूर्वाधार क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने योजना अघि बढाएको छ । नीति तथा कार्यक्रममार्फत पूर्वाधार निर्माणमा गुरुयोजना तयार गर्ने लक्ष्य सरकारले लिएको हो ।
यसका लागि सार्वजनिक/निजी साझेदारी तथा लगानी ऐनमा समयानुकूल संशोधन गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले घोषणा गरे । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भने, ‘सडक यातायात, रेल, जलमार्ग र हवाई क्षेत्रलाई समेट्ने गरी एकीकृत राष्ट्रिय यातायात गुरुयोजना तयार गरिनेछ ।’
यस्तै, पूर्वाधार निर्माणमा दुई सिफ्टमा काम हुने व्यवस्था मिलाउनुका साथै रणनीतिक तथा व्यापारिक महत्त्वका सडक खण्डहरूको निर्माण तथा स्तरोन्नति गर्ने नीति सरकारले लिएको छ । पूर्व÷पश्चिम राजमार्गलाई स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिनुका साथै आगामी वर्ष हुम्ला जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने लक्ष्य सरकारले लिएको छ ।
महाकाली¸ कर्णाली लगायतका करिडोरको निर्माणलाई प्राथमिकतामा राख्ने घोषणा गर्दै राष्ट्रपति पौडेलले भने, ‘निर्माणाधीन काठमाडौँ/तराई मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण कार्य संव २०८३ भित्र सम्पन्न गरिनेछ ।’
यस्तै, आगामी तीन वर्षभित्र बढीमा एक घण्टा हिँडाइको दूरीमा एक झोलुङ्गे पुल निर्माण गर्ने महत्वकांक्षी योजना समेत सरकारले समेटेको छ । यसबाहेक, राष्ट्रिय राजमार्गमा पर्ने ठुला नदीहरूमा आवश्यकताअनुसार सिग्नेचर ब्रिजहरूको निर्माण गर्ने सडक र पुलको निर्माण सँगसँगै सम्पन्न हुने व्यवस्था मिलाउने समेत उद्घोष गरिएको छ ।
राष्ट्रिय राजमार्गहरूमा सुरुङ्गमार्ग, फ्लाइओभर तथा अन्डरपास सहितको आधुनिक सडक सञ्जाल विस्तार तथा निर्माण गर्ने कार्यलाई निरन्तरता दिइने योजना नीति तथा कार्यक्रममा समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण